• ११ मंसिर २०८१, मङ्गलबार

नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत

blog

संयुक्त राष्ट्रसङ्घ,  कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गर्नुभएको छ । एक्काइस सदस्यीय मन्त्रिपरिषदमा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि उहाँले स्वागत गर्नुभएको महासचिवका प्रवक्ताले बताएका छन् ।

महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जबाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गर्नुभएको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नवगठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको महासचिवले बताउनुभएको जनाएका छन् । रासस/सिन्ह्वा