• ११ मंसिर २०८१, मङ्गलबार

दश महिनामा डेंगुका कारण भियतनाममा १०२ जनाको मृत्यु

blog

हनोई, कात्तिक ११ गते । भियतनाममा यसवर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा १०२ जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र सहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ ।

हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रविन्दुको रूपमा रुहेको छ । यस अवधिमा करिब ७० हजार सङ्क्रमण र २९ जनाको मृत्यु भएको छ । राजधानी हनोईमा बाह्र जनाको मृत्युको हुनको साथ ८ हजार भन्दा बढी घटनाहरू देखिएका छन् ।

डेंगु ज्वरो बाहेक, भियतनामले हालै अन्य रोगहरूको जटिल विकास पनि भएको देखिएको छ  । उत्तरी बाक कान प्रान्तमा, आठ सयभन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरू रहस्यमय फ्लूबाट आएको बताइएको छ । तीमध्ये एक आठ वर्षीय बालकको मृत्यु भएको छ । रासस/सिन्ह्वा