काठमाडौं, कात्तिक ६ गते । सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं उपत्यका बाहिर रहनुभएकाले सो कार्यक्रम भोलिका लागि सरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेस सभापति देउवाले डिजिटल प्रविधिमार्फत र अन्य पदाधिकारी पार्टी कार्यालयमा उपस्थित भएर घोषणापत्र सार्वजनिक गर्ने तय भएको थियो । आइतबार साँझ ५ बजे सार्वजनिक हुने भनिएको कार्यक्रम सोमबार बिहान १० : ३० बजे हुनेछ ।