• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता सुर्खेतमा

blog

नवीन सुवेदी

सुर्खेत, कात्तिक  ६ गते । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुग्नुभएको छ । वीरेन्द्रनगरमा आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलाको उद्घाटन तथा सम्बोधन गर्न उहाँ सुर्खेत आइपुग्नु भएको हो ।


प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि कार्यक्रममा भाग लिन सुर्खेत आइपुग्नुभएको छ । 

गठबन्धन दलको निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण भेला कार्यक्रममा सम्बोधन गर्न शीर्ष नेतासहित दलका नेता तथा कार्यकर्ताहरू सुर्खेत आइपुग्नुभएको छ । कार्यक्रम अहिले जारी रहेको गठबन्धन दलका नेताहरूले बताउनुभएको छ ।