• २३ वैशाख २०८१, आइतबार

गोरखापत्रकर्मी पराजुली र अधिकारी सम्मानित

blog

वसन्त पराजुली

भरतपुर, कात्तिक ५ गते । नेपाल पत्रकार महासङ्घ चितवनले गोरखापत्रकर्मी वसन्त पराजुली र शान्ता अधिकारीलाई सम्मान गरेको छ । महासङ्घको २० औं वार्षिक साधरणसभाको अवसरमा आयोजित कार्यक्रममा पराजुली र अधिकारीलाई आज शनिबार सम्मान प्रदान गरेको हो । 

एकाउन्न हजार १०१ रुपियाँ राशी रहेको मैयादेवी पत्रकारिता पुरस्कार २०७९ वाट पराजुली र सोही पुरस्कार २०७८ अधिकारीलाई सम्मान गरिएको छ । यस्तै पत्रकार रमेशकुमार पौडेल, तिलक रिमाल, दिवा भट्टराई, पवित्रा ढकाल, कमला गुरुङ र  सूचना गुरुङ सम्मानित हुनुभयो ।  

साधारणसभामा चितवनका पत्रकार विष्णु छिमेकी, दीपक आचार्य, नवराज ढकाल र सुरेशचन्द्र अधिकारीलाई कार्यक्रममा विशेष सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै साधारणसभामा उहाँहरुलाई सम्मानित गरिएको हाे।

महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल हुनुहुन्थ्यो। कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको पनि सहभागिता थियो ।