• ११ मंसिर २०८१, मङ्गलबार

महासचिव गुटेरेस भारतमा

blog

तस्बिर : रासस

नयाँदिल्ली, कात्तिक २ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुग्नु भएको विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।

महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गर्नु भएको थियो ।

जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि गुटेरेसको यो पहिलो भारत भ्रमण हो । उहाँले यसअघि अक्टोबर २०१८ मा पनि भारत भ्रमण गर्नु भएको थियो ।

भ्रमणको क्रममा महासचिव बिहीबार ‘मिसन लाइफ’ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ‘ट्यागलाइन’को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामेल सहभागी हुनुहुनेछ । 

विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले महासचिव गुटरेससँग विश्वव्यापी चासोका मुद्दाका साथै  संयुक्त राष्ट्रसङ्गसँग भारतको संलग्नतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्नुहुनेछ ।