• १२ मंसिर २०८१, बुधबार

आजसम्म उम्मेदवारी फिर्ता लिए माओवादीले कारबाही नगर्ने

blog

काठमाडौं, असोज ३१ गते । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी एवम् गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको बागी उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ ।

आज साँझसम्म सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता बागी उम्मेदवार तथा तिनका प्रस्ताव र समर्थकमाथि कारबाही फिर्ता लिइने माओवादीको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

उम्मेदवारी निष्क्रिय गराउने बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

माओवादीले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई आज साँझसम्म उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासन गर्ने जनाएको थियो ।