• २२ वैशाख २०८१, शनिबार

शारीरिक सुगठन : गण्डकीका विवेक र पुलिसका डेभिडलाई स्वर्ण

blog

शारीरिक सुगठनमा पदक विजेता खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज ३० गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्णपदक गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्णपदक जित्नुभएको हो । बागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कांस्य पदकमा चित्त बुझाउनभयो । 

स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका पाँच जनाबाट विजेता छनोट गरिएको थियो । प्रि–जजबाट गण्डकीका विवेक हमाल, बागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपीएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो छनोट हुनुभएको थियो ।

५५ किलो तौल समूहमा प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सुनिल राईले प्रतिस्पर्धा गर्नुभएको थियो । 

यसपछि भएको ६० किलोग्राम तौल समूहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कांस्य पदक जित्नुभएको छ ।

आइतबार नै ६५, ७० र ७५ किलोग्राम तौल समूहको प्रि–जज र फाइनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिनुभयो ।