गोरखापत्र समाचारदाता
पोखरा, असोज ३० गते । थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ स्कोरले पराजित गरेको हो ।
प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक सात स्कोर गर्नुभयो । एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अङ्कको अन्तरमा पराजित गरे ।