• १३ असोज २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुद: तेक्वान्दोको पुम्सेतर्फ पुलिसको वर्चस्व

blog

म्याग्दी, असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाली प्रहरीले वर्चस्व कायम राखेको छ । 

प्रतियोगिताको पुम्से एकल महिला र पुरुष दुवैमा नेपाल पुलिसकी निशा दर्नाल ७.१९ अङ्कसहित विजेता बन्नुभयो भने पुलिसकै कमल श्रेष्ठ ७.५३ अङ्कसहित विजेता बन्दै स्वर्ण हात पार्नुभयो । महिलातर्फ आर्मीकी स्वस्तिका तामाङ र लुम्बिनीका युवराज रानाले कांस्य जित्न सफल भए ।

त्यस्तै पुम्से पियारमा नेपाल पुलिसले स्वर्ण, आर्मीले कांस्य र गण्डकी तथा प्रदेश १ ले रजत हात पार्न सफल भएका छन् ।  पुम्से महिलातर्फ त्रिभुवन आर्मी क्लवले स्वर्ण, पुलिसले कांस्य र प्रदेश १ तथा सशस्त्रले रजत पदक जिते । पुम्से विधाकै पुरुषतर्फ पुलिसले स्वर्ण, आर्मीले कांस्य र सशस्त्र तथा गण्डकी प्रदेशले रजत हात पारेका छन् । 

शनिवार साँझ बेनी कभर्ड हलमा गेरोगी विधातर्फको महिला तर्फ ५३ केजी र पुरुषको ५८ केजी तौल समुहको पहिलो चरणको खेल सकिएको छ । महिलाको ५३ केजी तौल समूहबाट सेनाकी गीता कडायत,लुम्बिनी प्रदेशका नीलिमा मल्ल, प्रहरीका आयुशा लामा र सशस्त्र प्रहरीका अस्मिता खड्का क्वाटर फाइनलमा प्रवेश गर्नुभएको छ ।

पुरुष ५८ केजी तौल समूहबाट मधेस प्रदेशका सोव अख्तर, बागमतीका रहेन केसी, पुलिसका सुबाचन्द्र बोहरा र सेनाका लोकबहादुर राउन क्वाटर फाइनलमा प्रवेश गरेको तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठले बताउनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दो खेल्न देशका सात प्रदेश, आर्मी, सशस्त्र, प्रहरी र एनआरएनएसमेत गरी तीन सय ३० जना खेलाडी बेनी आइपुगेका छन् । तेक्वान्दो खेलमा गेरोगीतर्फ महिला-पुरुष ८-८ गरी १६ वटा र पुम्से विधाका ३-३ गरी ६ विधामा २२ खेलका २२ स्वर्ण, २२ कांस्य र ४४ रजत पदकका लागि प्रतिस्पर्धा हुने म्याग्दी तेक्वान्दो सङ्घका प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो । 

Author

ठाकुरप्रसाद आचार्य