• १३ साउन २०८१, आइतबार

इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई प्रशासनको अनुरोध

blog

जिल्ला प्रशासन कार्यालय जाजरकोट । फाइल तस्बिर

सहदेव बस्नेत
जाजरकोट, असोज २५ गते ।
 जिल्ला प्रशासन कार्यालय जाजरकोटले इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाउन स्थानीयसँग अनुरोध गर्नुभएको हो ।

गृह मन्त्रालयको निर्देशन अनुसार प्रशासनले जिल्लाभित्र रहेका सम्पूर्ण इजाजत प्राप्त हतियार आगामी कात्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा बुझाउन भनेको छ ।

साथै निर्वाचन सम्पन्न भएको एक हप्तापछि लगत कट्टा गरी फिर्ता गरिने समेत उहाँले बताउनुभयो ।