काठमाडौं, असोज २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
शनिबार शिक्षण अस्पताल भर्ना हुनुभएको राष्ट्रपति भण्डारी आज (मङ्गलबार) डिस्चार्ज हुनुभएको हो । खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महसुस भएपछि राष्ट्रपति अस्पताल भर्ना हुनुभएको थियो ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाई आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्थाका साथै अन्य सूचकाङ्कहरू सामान्य रहेकाले डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।