• १२ मंसिर २०८१, बुधबार

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २० गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बसेको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको नेता केशव श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी निर्वाचनमा उम्मेदवार चयनसहित विविध विषयमा छलफल जारी रहेको उहाँको भनाइ छ । बैठकमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे,  रविन्द्र मिश्र लगायतका नेताहरू सहभागी रहनुभएको श्रेष्ठले बताउनुभयो ।