• १३ साउन २०८१, आइतबार

दशैं नेपालीको मौलिक पर्व : मुख्यमन्त्री शाही

blog

राजन राउत

हुुम्ला, असोज १९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दशैं नेपालीहरूको मौलिक पर्व भएको बताउनुभएको छ  । विजयादशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पर्वसँग जोडिएका मूल्य, मान्यता एवम् संस्कारले मुलुकलाई समृद्धिको शिखरमा पुर्याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा दशैं नेपालीको मौलिक पर्व भएको उल्लेख गर्दै हाम्रो देश बहु सांस्कृतिक, बहु जातीय, बहुभाषिक एवम् बहु धार्मिक विशेषताले भरिएको र दशैले सामाजिक सद्भाव, एकता, भातृृत्वको विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । दशैं नेपालीको सबैभन्दा ठूुलो चाड भएकाले सद्भाव, मेलमिलाप र सम्बन्ध बिस्तारमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवम् मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षबारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको सन्देशमा उल्लेख छ । दशैंलाई भड्किलो, खर्चिलो नबनाई आफ्नो गच्छेअनुसार पारिवारिक मिलनका साथ मनाउन उहाँले आग्रह गर्नुभएको छ ।

“संवृद्ध कर्णाली : सुखारी कर्णालीवासी” को सोच पूरा गर्न प्रदेश सरकारले लिएको “६ ब” (बाटो, बिजुली, बजार, बन, व्यवस्थापन र बिचार) सबैको सहकार्य र सरोकारजस्तो मूल कार्यनीतिलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने पर्वका रूपमा मनाउन आग्रह गर्दै उहाँले  महामारीका रूपमा फैलिएको डेङ्गीबाट जोगिन आवश्यक मापदण्ड पूर्ण रूपमा अवलम्बन गर्न पनि आग्रह गर्नुभएको छ ।