• ८ वैशाख २०८१, शनिबार

कांग्रेस नेताको चाडपर्व केन्द्रित चियापान कार्यक्रम

blog

चियापानमा सहभागी कांग्रेसका नेता डा. शेखर कोइरालालगायत ।

काठमाडौं, असोज १३ गते । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको संयोजनमा चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रम भएको छ। 

बिहीबार राजधानीमा आयोजित सो कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी, गुरुराज घिमिरे लगायत नेताकार्यकर्ता उपस्थित हुनुभएको थियो। 

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो। केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची र टिकट वितरणमा नेताहरूको असन्तुष्टि रहेको उल्लेख गर्नुभयो।

यसैगरी, कांग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर चुनावमा जाने निर्णयले चुनाव जित्ने आधार भएको बताउनुभयो। पार्टीले नेतृत्वले सबैलाई मिलाएर उम्मेदवार टुङ्गो लगाउनुपर्ने उहाँको भनाइ छ। 

कांग्रेस नेता डा. कोइराला पक्षधरले पाँच दलीय सत्ता गठबन्धनमा सय सिट दाबी गर्न पार्टीभित्र दबाब दिँदै आएको छ।