• ८ वैशाख २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

blog

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिन बसेका नेता तथा कार्यकर्ता ।

काठमाडौं, असोज १२ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा डा. शेखर कोइराला पक्षधर नेताकार्यकर्ताले बुधबार धर्ना दिएका छन्।

मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकको बन्दसूचीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने माग कोइराला पक्षधरले राख्दै आएको छ। 

ललितपुर सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसीलगायतका नेता उपस्थित हुनुहुन्थ्यो। पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति सो दबाबपूर्ण कार्यक्रम गरिएको नेताहरुको भनाइ छ।