• १३ वैशाख २०८१, बिहिबार

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री ट्रुडो काठमाडौंमा

blog

काठमाडौं, असोज १२ गते । अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुग्नुभएको छ ।

उपसहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं आइपुग्नुभएको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उहाँले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

साथै भेटका क्रममा उपसहायक विदेशमन्त्री ट्रुडोले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप बुझ छलफलहरूमा पनि सहभागी हुनुहुनेछ दूतावासले जनाएको छ ।

त्यस्तै, ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनर्स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्नुहुनेछ ।