• ६ वैशाख २०८१, बिहिबार

दनुवार बस्तीमा धारा

blog

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, असोज १२ गते । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका दनुवार बस्तीमा खानेपानीका धारा जडान गरिएको छ । बस्तीमा छवटा खानेपानी धारा निर्माणपछि १२० घरधुरीको दनुवार बस्तीमा खानेपानी आपूर्ति सहज भएको हो ।

मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले खानेपानी धाराको उद्घाटन गर्दै बस्तीमा नै खानेपानी धारा निर्माण भएपछि स्थानीयको वर्षौंदेखिको समस्या टरेको जानकारी भयो । उक्त बस्तीका महिला बिहान पाँच बजे उठेर एक गाग्री पानी बोकेर बिहान १० बजे मात्रै घर आइपुग्ने गरेको स्थानीय मनकुमारी दनुवारले विगतको दुःख स्मरण गर्दै बताउनुभयो । मेलम्चीका सबै वडाका सबै घरमा आगामी पाँच वर्षभित्र खानेपानी पु-याउने लक्ष्य रहेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।