• ११ वैशाख २०८१, मङ्गलबार

दक्षिण कोरियामा ३९ हजारभन्दा बढी सङ्क्रमित

blog

सोल, असोज ११ गते । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार ४२५ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड ४६ लाख  ७३ हजार ६६३ पुगेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ । अघिल्लो दिन १४ हजार १६८ जना सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजार ३०३ रहेको थियो ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ४०१ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ । दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोराेनाका कारण कुल मृतकको सङ्ख्या २८ हजार २७२ पुगेको छ ।

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्यून भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रूपमा नियन्त्रण गर्न असफल भएको छ । रासस/सिन्ह्वा