• ११ वैशाख २०८१, मङ्गलबार

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेस प्रवेश

blog

कांग्रेस सभापति देउवा विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठलाई पार्टीको सदस्यता प्रदान गर्नुहुँदै । तस्बिर प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, असोज १० गते । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश गर्नुभएको छ । सोमबार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई पार्टीको सदस्यता दिएर स्वागत गर्नुभएको छ । 

अनुपा यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट संघीय संसद सदस्यमा उम्मेदवार हुनुभएको थियो । उहाँले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै कांग्रेसमा प्रवेश गरेको बताउनु भयो ।