• ११ मंसिर २०८१, मङ्गलबार

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

blog

फाइल तस्बिर

बेरुत, असोज ७ गते । लेबनानमा चढेको एउटा डुङ्गा सिरियाको तटमा डुब्दा ५३ आप्रवासीको मृत्यु भएको छ ।  करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएको छ ।

सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए ।  दर्जनौ अझै बेपत्ता रहेका बताइएको छ । रासस/एएफपी