• १३ वैशाख २०८१, बिहिबार

तातोपानी सुक्खा बन्दरगाह सञ्चालन गर्न सम्झौता

blog

काठमाडौँ, असोज १ गते । सिन्धुपाल्चोकको लार्चामा निर्माण भएको तातोपानी सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र एक निजी कम्पनीबीच सम्झौता भएको छ । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको जानकारी दिनुभयो । कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपियाँमा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको हो ।

बोलकबोलमा सहभागी तीन कम्पनीमध्ये ट्रान्स सिल्क टर्मिनलको प्रस्ताव स्वीकृत भएको विकास समितिले जनाएको छ । निजी कम्पनीले बन्दरगाह सञ्चालनको काम असोज १० गतेदेखि थाल्नेछ ।

ट्रान्स सिल्कले सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी वहन गर्नेछ भने समितिले अनुगमन र नियमन गर्नेछ ।