• १३ साउन २०८१, आइतबार

अजिङ्गरको उद्धार

blog

अमरराज नहर्की

तनहुँ, भदौ, २७ गते । डिभिजन वन कार्यालय तनहुँले आइतबार एक अजिङ्गरलाई उद्धार गरेको छ । पृथ्वी राजमार्ग विस्तार गर् नेक्रममा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको हो  । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका –१२ घाँसीकुवा नजिक जलबिरेमा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कामदारले सो अजिङ्गर फेला परेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । 

खबर पाएपछि कार्यालयका सशस्त्र वन रक्षक जमदार सूर्यप्रसाद सुवेदी र सवारी चालक अर्जुन श्रेष्ठसहितको टोलीले १० केजी तौल र ६ दशमलव ५ फिट लम्बाइको सो अजिङ्गरलाई बोरामा राखेर सुरक्षित उद्धार गरी डिभिजन वन कार्यालय लगिएको थियो ।

अजिङ्गरलाई अहिले डिभिजन वन कार्यालयको विशेष खोरमा सुरक्षितसाथ राखिएको र सो अजिङ्गरको स्वास्थ्य अवस्थाको परीक्षण गरी सुरक्षित स्थानमा छाडिने कार्यालयले जनाएको छ ।