• ११ पुस २०८१, बिहिबार

क्यान्सर अस्पताल सञ्चालन

blog

काठमाडौँ, भदौ २३ गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ सञ्चालनमा आएको छ। बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले क्यान्सर अस्पतालको उद्घाटन गर्नुभयो। स्वास्थ्यमन्त्री खापुङले तत्कालीन माओवादी नेता सुरेश वाग्लेको अर्धकदको सालिक अनावरण गर्दै क्यान्सर अस्पतालको उद्घाटन गर्नुभएको थियो। 

१० वर्षअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षण अस्पताल परिसरमा क्यान्सर रोगको उपचार गर्ने छुट्टै अस्पताल बनाउने गरी भवन शिलान्यास गर्नुभएको थियो।