• ११ मंसिर २०८१, मङ्गलबार

प्रमद्वारा ट्रसलाई बधाई ज्ञापन, तेस्राे महिला प्रधानमन्त्री बन्रुहुने

blog

प्रधानमन्त्री शेरबहादुर देउवा (बायाँ) र संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री हुनु लाग्नु भएका महिला नेत्री लिज ट्रस । तस्विरः रोयटर्स

काठमाडौं, भदौ २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधानमन्त्री बन्न लाग्नुभएका लिज ट्रसलाई अग्रिम बधाई ज्ञापन गर्नुभएको छ । मङ्गलवार बिहान आफ्नो ट्वीटरमार्फत् ट्रसको सफल कार्यकालको शुभकामना दिनुहुँदै उहाँले बधाई ज्ञापन गर्नुभएको हो । 

बेलायतको कन्जरभेटिभ पार्टीका नेत्री लिज ट्रस प्रधानमन्त्री बनेपछि बेलायतको इतिहासमा तेस्रो पटक महिला प्रधानमन्त्री चयन हुनुहुनेछ । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्न लाग्नुभएको हो । प्रधानमन्त्री बोरिस् जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट नयाँ प्रधानमन्त्रीका लागि ट्रस निर्वाचित हुनुभएको हो ।

लिज ट्रसकाे सामान्य परिचय   

बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई मङ्गलबार प्रधानमन्त्री नियुक्त हुने कार्यक्रम रहेको छ । सात वर्षको उमेरमा विद्यालयमा भएको आमचुनावसम्बन्धि एउटा नाटकमा लिज ट्रसले प्रधानमन्त्री मार्गरेट थ्याचरको भूमिका निभाउनुभएको थियो ।

३९ वर्षपछि ‘आइरन लेडी’ भनेर पनि चिनिने थ्याचरकै पद पछ्याउँदै सोही पदमा उहाँ आसीन हुनुहुनेछ । ट्रसले प्रधानमन्त्री बोरिस् जोनसनको कठिन कार्यकालमा साथ दिनुभएको थियो ।

यसअघि उहाँले टरिजा मे प्रधानमन्त्री रहेका बेला न्यायमन्त्री र पछि अर्थमन्त्री बन्नुभयो । सन् २०१९ मा बोरिस् जोनसन प्रधानमन्त्री बनेपछि उहाँ अन्तर्राष्ट्रिय व्यापार मन्त्रीको जिम्मेवारीमा रहनुभयो ।

सन् २०२१ मा ४६ वर्षको उमेरमा उहाँले विदेश मन्त्रीका रूपमा पद सम्हाल्नुभयो । सन् २००१, २००५ मा चुनावमा हार्नुभएका ट्रस सन् २००६ मा दक्षिणपूर्वी लन्डनको ग्रिनबिचमा काउन्सिलर बन्नुभयो । उहाँले सन् २००८ देखि थिङ्क ट्याङ्कमा पनि काम गरेर अनुभव लिनुभयो ।

म्यारी इलिजावेथ ट्रसको उहाँ सन् १९७५ जुलाई २६ तारिखमा राजधानी लन्डनको अक्सफर्डमा जन्मिनुभएको हो । पिता गणितका प्राध्यापक जोन केन्नेथ र नर्स प्रिसिला म्यारी ट्रसको सन्तानको रूपमा उहाँको जन्म भएको हो । बाल्यकालमा उहाँ आमासँगै परमाणु निःशस्त्रीकरण अभियानका जुलुसहरूमा भाग लिनुहुन्थ्यो । 

विद्यार्थी राजनीतिदेखि सक्रिय ट्रस सुरुमा लिबरल डेमोक्र्याट्सका सदस्य हुनुहुन्थ्यो ।

स्नातक गरेपछि उहाँले १९९६ देखि ‘शेल’ एकाउन्टेन्टका रूपमा काम गर्नुभयो । सन् २००० मा केबल तथा वायरलेस’मा काम गर्दै २००५ मा अर्थ निर्देशक बनेर अवकाश लिनुभयो । सन् २००० उहाँले समकक्षी एकाउन्टेन्ट ह्युग ओलेँसीसँग विवाह गर्नुभयो र दुईजना छोरीहरूको जन्म भयो ।

सन् २००४ देखि २००५ को जुन/जुलाईसम्म उहाँको कन्जरभेटिभ पार्टीका सांसद मार्क फिल्डसँग अनैतिक सम्बन्ध रहेको थियो । सोबेला कन्जरभेटिभ पार्टीले ट्रसलाई राजनीतिक परामर्शदाता रूपमा नियुक्त गरेको थियो ।

उहाँ अक्सफर्ड विश्वविद्यालयमा ट्रसले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा अध्ययन गर्नुभएको छ । –उपेश महर्जन (स्राेतकाे सहयाेगमा)