• १२ असार २०८१, बुधबार

हैजा पुष्टि हुनेको संख्या ७१ पुग्यो : १२ दिनमा १७ जनामा हैजा

blog

प्रतिकात्मक तस्बिर

काठमाडौं, भदौ १२ गते । भदौ लागेदेखि १७ जना हैजाका बिरामी थपिएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुसार १२ दिनमा १७ जना हैजाको बिरामी थपिएको जनाएको छ ।   काठमाडौं उपत्यकामा असार २ गते पहिलो पटक हैजा पुष्टि भएको थियो । यो अवधिमा ७१ जनामा हैजा पुष्टि भैसकेको छ। जसमध्ये ३२ जना महिला र ३९ जना पुरुष छन् । 

सरकारले केसपुष्टि भएका ठाउँको ६२ वटा पानीको नमूना परीक्षण गर्दा ४१ नमूनामा दिसामा पाइने फिकल इकोलीन भन्ने जीवाणु भेएिको थियो। भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा संक्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् ।

पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुन पानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सक बताउँछन् ।