• १३ साउन २०८१, आइतबार

थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि

blog

काठमाडौं, भदौ ८ गते । पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार १७७ कोरोना परीक्षण गर्दा ४८७   जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ८०६ पीसीआर परीक्षण गर्दा २४२ र दुई हजार ३७१ एन्टिजेन परीक्षण गर्दा २४५ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार २९८ जना सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३९ हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।