• १३ साउन २०८१, आइतबार

निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

blog

बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन । तस्बिर : गोरखापत्र

राजन रावत 

हुम्ला, भदौ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) हुम्लाले आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । 

जिल्लामा सञ्चालन भएको पार्टीको बिस्तारित बैठकले सो सिफारिस गरेको हो । पार्टीका जिल्ला अध्यक्ष शिवराज शर्माले विस्तारित बैठकले निर्वाचनका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको बताउनुुभयो ।

तीन दिनसम्म सदरमुकाम सिमकोटमा सञ्चालन भएको बैठकले ती नामहरु सर्वसम्मत रुपमा चयन गरेको हो । पार्टीका अनुुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ हाल पार्टीका जिल्ला उपाध्यक्ष तिर्थराज रोकायाको नाम एकल रुपमा सिफारिस गरेको छ ।

समानुपातिकतर्फ पवित्रा देबकोटा र दलपति नेपालीको नाम सिफारिस गरेको छ । यसैगरी पार्टीको बैठकले प्रदेश सभा निर्वाचन (क) नम्बर क्षेत्रका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य हस्तबहादुुर शाही, समानुपातिकतर्फ शुशिला शाह र हरिलाल बुढा तथा जिर्वाचन (ख) नम्बर क्षेत्रका लागि प्रत्यक्षतर्फ लोकबहादुुर हमाल र समानुपातिकतर्फ प्रेमा लामाको नाम एकल रुपमा सर्वसम्मत निर्णय गरेर पठाएको छ । 

उहाँले पार्टीको केन्द्रको निर्देशन अनुसार जिल्लाबाट सबै उम्मेदवारको नाम प्रदेशलाई सिफारिस गरिएको बताउनुुभयो । केन्द्रका गठबन्धन गर्ने दलहरु निष्कर्षमा पुगि सकेको बेला हुम्लामा भने सो पार्टीले प्रत्यक्षतर्फ आफ्ना सबै उम्मेवदारको नाम सिफारिस गरेको हो । उहाँले जिल्लाको यो निर्णयले केन्द्रीय गठबन्धनले गर्ने निर्णयलाई कुनै असर नगर्ने र केन्द्रको निर्णय बिरुद्ध पनि पार्टी नजाने बताउनुुभयो । 

उहाँले आफ्नो पार्टीले अहिले यो निर्णय गरेको भएपनि केन्द्रको निर्णय नै अन्तिम हुने बताउनुुभयो । त्यसैगरि बैठकले निर्वाचन क्षेत्रीय कमिटीका संयोजक र पार्टीका जनवर्गीय संगठनको फाँट प्रमुख ताक्ने कार्य समेत समेत गरेको छ । 

बैठकमा पोलिट व्यूरो सदस्य शेरबहादुर केसी, केन्द्रीय सदस्यहरु लोकबहादुर हमाल, हस्तबहादुुर शाही लगाएको उपस्थिती रहेको थियो । पार्टीले बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको थियो ।