• १३ साउन २०८१, आइतबार

सल्यान खलंगा–कालिमाटी कोहलपुर सडक खण्ड कालोपत्रे गरिने

blog

सल्यान खलंगा–कालिमाटी कोहलपुर सडकको स्तोरोन्तीको शुभाराम्भ गरिँदै । तस्बिर : गोरखापत्र

प्रतीक इच्छुक शर्मा 

सल्यान, भदौ ८ गते । सल्यान खलंगा कालिमाटी हुदैँ कोहलपुर वाँके जोडने सडक खण्ड कालोपत्रे गरिने भएको छ । शारदा नगरपालिका -८ मार्के हुदै  कालिमाटी गाउँपालिका सिमा जर्खु सम्मको १० किलो मिटर सडक स्तोरोन्ती गर्नुका साथै कालो पत्रे गरिन लागिएको हो । 

२५ वर्षअघि सल्यान खलंगा देखि  कालिमाटी रामपुरसम्म ट्रयाक खोलिएको सडकको, स्तर उन्नतीसँगै कालोपत्रे गर्न संघीय सरकारले ३१ करोड ४० लाख रुपियाँ लगानीमा कालो पत्रे गर्न थालिएको छ । 

सडकको कालोपत्रे गर्नको लागि पिके निर्माण सेवाले ३ वर्षको ठेक्का सम्झौता गरेको छ । २०८१ सालमा सक्ने लक्ष्य राखेको निर्माण सेवाले दुई वर्षमै सक्ने कम्पनीका ईन्जिनियर पुरुषेत्तम यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तोरोन्ती गरी सात मिटे चौडा बनाउने, नाली, कालोपत्रे क्रमगत रुपमा गर्ने र सम्झौता अगावै काम सकिने छ । 

एक कार्यक्रमकबीच सडकको स्तोरोन्ती शुभारम्भ गरिएको छ । संघीय सासद तथा पूर्व सामान्य प्रशासन मन्त्री टेकवहादुर बस्नेतले सडकको स्तोरोन्ती सुरुवातीले जनतामा आफुले गरेको प्रतिवद्धता पुरा हुने विश्वास रहेको वताउनुभयो । उहाँले सडकको ट्रयाक खोलिएको लामो समय पछि सडक  स्तोरोन्तीको काम सुरु भएकाले काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

व्यापारिक केन्द्र नेपालगञ्जबाट सल्यान खलंगा पुग्न सबैभन्दा छोटो र रुकुम जिल्ला सदरमुकाम मुसीकोट खलंगा समेत जोडिने यो रणनैतिक सडकले डोल्पा र पूर्वी जाजरकोटलाई पनि क्रमशः जोडिने भएकाले यो सडक सल्यान नेपालगञ्ज जोड्ने छोटो सडक हो । कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले यो सडकको स्तोरोन्ती भए सल्यान नेपालगञ्ज आवात जावतमा सजिलो हुने बताउनुभयो ।