• १३ साउन २०८१, आइतबार

जुम्ली खस भाषाको अभिलेखीकरण गरिने

blog

जुम्ला समाचारदाता

जुम्ला, साउन ३१ गते । नेपाली भाषाको माउभाषा खस भाषा अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्ने प्रक्रिया थालिएको छ । खस भाषाको जन्मथलो जुम्लाको सिन्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल थालेको छ । सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले खस भाषा आयोगमा लिपिबद्ध गर्न पहल सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोगको टोली सिन्जामा पुगेर पाँचवटा खस लिपिको मानक प्रमाणित भएको छ ।

अध्यक्ष धितालले गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको बताउनुभयो । उहाँले अब स्थानीय तह र सरोकारवालाको बैठक बसालेर थप छलफल गरिने जानकारी दिनुभयो । अब खस भाषाको लिपि भएको शब्दकोश अभिलेखीकरण तथा कम्प्युटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको उहाँले बताउनुभयो । यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिन्जामै प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रमसमेत राखिएको गाउँपालिकाले जनाएको छ ।

खस भाषाको वर्ण टुङ्गो लाग्यो

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीका अनुसार खस भाषा अभिलेखीकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताउनुभयो । खस भाषा अभिलेखीकरणका लागि राष्ट्रपतिको प्रतिवेदनमा समेत पठाइएको र अन्य काम भइरहेको बताउनुभयो । अध्यक्ष अवस्थीका अनुसार खस भाषाका २४ स्वर र ४१ वटा व्यञ्जन वर्णसमेत आयोगले तयार पारि सकेको छ । उहाँले वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारीसहितका जानकारहरूबाट सहयोग प्रदान भएको बताउनुभयो । 

स्थानीय डिल्लीप्रसाद तिवारीले रत्नाकर देवकोटाको पुस्तकमा पाइएका र गाउँपालिकाले निर्धारण गरेका आजसम्म चलनमा नआएका अक्षरअगाडि बढाइएको हो । उहाँले स्हः (स, ल्हः, न्हः, म्हः ड) जुम्लामा अहिले खस भाषाका जानकार चन्दननाथ नगरपालिका –१ निवासी रमानन्द आचार्यले डेढ दशकभन्दा बढी समयदेखि सङ्कलन तथा लेखन गरी करिब ३५ हजार खस भाषा शब्दको खसिया आखर नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश तयार गरिरहनुभएको छ ।