• १३ वैशाख २०८१, बिहिबार

नासुहरुको अर्थ मन्त्रालयमा धर्ना

blog

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते ।
असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बा (नासु)हरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालय अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढङ्गले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

यस विषयमा आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा गोविन्दप्रसाद कोइरालाले बताउनु भयो ।

उहाँले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्योभन्दा तल्लो स्तरका कर्मचारीको तलबमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताउनुभयो । उहाँले नासुलाई घृणित र अपमानित व्यवहार गरेको बताउनुभयो ।