• ७ मंसिर २०८१, शुक्रबार

युग व्यवस्थापनको

blog

विषयमा उच्च शिक्षामा व्यवस्थापन विषय अध्ययन गर्न चाहने विद्यार्थीले कक्षा ११ देखि नै व्यवस्थापन समूहभित्र निर्धारण गरिएका विषय अध्ययन गर्नुपर्ने हुन्छ । व्यवस्थापन क्षेत्रमा काम गर्न चाहने, औद्योगिक क्षेत्रमा काम गर्न चाहने, बैङ्किङ क्षेत्रमा लाग्न चाहने, सीए भएर व्यवस्थापकीय नेतृत्वमा रहेर काम गर्न चाहने विद्यार्थीको लागि व्यवस्थापन धार महत्त्वपूर्ण रहन्छ । कक्षा १२ पूरा गर्नेमध्ये ६० प्रतिशत विद्यार्थी नेपालका शिक्षण संस्थामा स्नातक तहमा भर्ना हुने गरेका छन् । कक्षा १२ पूरा गरेकामध्ये ६० प्रतिशत विद्यार्थी व्यवस्थापनमा भर्ना हुने गर्छन् । त्यसैले पनि व्यवस्थापन विषयको महत्त्व बढी छ । विश्वव्यापी रूपमा हेर्ने हो भने पनि अहिलेको युग व्यवस्थापनको छ । स्नातक तहमा सूचनाप्रविधिमैत्री शैक्षिक कार्यक्रम छन् । जसले गर्दा भोलि व्यवस्थापनकै विद्यार्थी पनि सूचना प्रविधिका क्षेत्रमा पनि रहेर काम गर्न सक्ने हुन्छन् । अरू क्षेत्रमा पनि काम गर्न सक्ने भएकाले व्यवस्थापन शिक्षा विशेष महत्त्वप रहेको छ । भोलि विद्यार्थीको विशेषज्ञताको कुरा प्रमुख रहन्छ । मार्केटिङमा काम गर्ने हो कि फिल्डमा गएर काम गर्ने हो कि अकाउन्टिङमा काम गर्ने हो कि फाइनान्स क्षेत्रमा काम गर्ने हो कि ? विशेषज्ञताको क्षेत्र पनि धेरै छ । विविधीकरण भएकाले व्यवस्थापन शिक्षा एकदमै महत्त्व मानिएको छ । 

एसईई पूरा गरेका विद्यार्थी अहिले के पढ्ने भन्ने द्विविधामा रहेका हुन्छन् । व्यवस्थापन विषय सैद्धान्तिक र प्रयोगात्मक विषयको संयोजन भएको विषय हो । कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट लिने वा कम्प्युटर विज्ञान लिएर पढ्ने विद्यार्थी पनि हुन्छन् । यसको विशेषज्ञता हेर्ने हो भने मार्केटिङ छ, गणित छ, होटेल म्यानेजमेन्ट छ । होटल म्यानेजमेन्ट लिएर पढ्ने विद्यार्थीका लागि भौतिक पूर्वाधार महŒवपूर्ण हुन्छ । प्रयोगशाला मापदण्डअनुरूपको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ । त्यस्तै कम्प्युटर विज्ञान लिएर पढ्ने विद्यार्थी भए प्रयोगशाला कुन स्तरको छ ? भएका कम्प्युटरले काम गरिरहेका छन् वा छैनन् ? आवश्यक पर्ने प्रोग्राम कम्प्युटरमा उपलब्ध छ वा छैन ? भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

शिक्षक कस्ता छन् ?

व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीले हेर्नुपर्ने अर्काे महत्त्वपूर्ण कुरा ‘फ्याकल्टी प्रोफाइल’ हो । कस्ता किसिमका फ्याकल्टी संलग्न छन् ? भोलि कस्तो शिक्षा दिन्छन् ? शिक्षण विधि कस्तो छ ? उनीहरूको शैक्षिक योग्यता र स्तर कस्तो छ ? कति अनुभवी छन् ? भन्ने कुराले महŒव राख्छ । कतिपय माध्यमिक विद्यालयमा भर्खरै स्नातकोत्तर पूरा गरेका शिक्षकले पनि अध्यापन गर्ने गरेका छन् । ती शिक्षकसँग अपेक्षाअनुसारको सिकाइ विद्यार्थीले नपाउन सक्छन् । पहिले अनुभवी शिक्षक छन् कि छैनन्, भौतिक पूर्वाधार कस्तो छ, कक्षाकोठाको आकार कस्तो छ ? आदि हेर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरको कक्षाको आकार पनि कतिपय स्कुलमा देखिएको छ । विशेष गरी निजी कलेजमा २४, ४८ र ९८ जना अटाउने कक्षाकोठाको व्यवस्थापन भएको पाइन्छ । कतिपयमा २४ विद्यार्थी अट्ने ठाउँमा ४८ जनासम्म विद्यार्थी राख्ने गरिएको पनि पाइन्छ । विद्यार्थीहरू दोहोरो रूपमा कक्षाकोठाभित्र आउजाउ गर्न नसक्ने, गर्मीले गुम्सिनुपर्ने अवस्था पनि रहन्छ । पङ्खा चल्दैन । कक्षाकोठाको स्तरको पनि भूमिका महŒवपूर्ण हुन्छ । पुस्तकालय पनि हेर्नुपर्छ । विद्यार्थीको पुस्तकालयले पनि पठनपाठनको वातावरणमा सहयोग पु-याउँछ । कस्ता किताब छन् ? त्यसले पनि पढाइमा प्रभाव पार्दछ ।

व्यवस्थापनमा कक्षा ११ र १२ मा पनि ‘स्पेसिलाइजेसन’ छ । स्नातक तहमा कुन क्षेत्रमा मेरो रुचि छ भन्ने कुरा ख्याल राखेर भर्ना हुनुपर्छ । कुनै विद्यार्थीले सीए अध्ययन गर्न चाहन्छन् भने उनले गणित विषय लिएमा जग बलियो हुन्छ । कुनै विद्यार्थीले बीबीए अध्ययन गर्छु भनेमा ती विद्यार्थीले गणित र व्यवस्थापन विषय लिएमा सीम्याटमा स्कोर ल्याउन महŒवपूर्र्ण हुन्छ । त्रिभुवन विश्वविद्यालयको धेरै कार्यक्रम स्नातक तहमा छ । जस्तो बीबीए, बीबीएम, बीटीटीएम, बीएचएम, बीआईएम आदि । कुनै विद्यार्थीले कम्प्युटरबाट स्पेसलाइजेसन कक्षा ११ र १२ मा गर्छन् भने उनका लागि बीआईएम कार्यक्रम उपयुक्त हुन्छ । होटल व्यवस्थापनबाट कक्षा ११ र १२ पूरा गर्छ भने उनलाई बीएचएममा भर्ना हुन सजिलो हुन्छ । कुनै पनि विद्यार्थीले गणित र व्यवस्थापन विषय लिएर अध्ययन गर्छन् भने उनलाई बीबीएमा जान सजिलो हुन्छ । व्यवस्थापन विषयमा स्पेसलाइजेसन गरेमा बीबीएममा जान सजिलो हुन्छ । त्यसकारण कक्षा ११ र १२ मा जुन जुन विषय छन् त्यसका आधारमा भोलि उच्च शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह हुन्छ ।

स्कुलमा पाठ्यपुस्तक पनि कस्तो छ भन्ने कुराले पनि सम्बन्ध राख्छ । अहिले बजारमा थुप्रै पाठ्यपुस्तक पाइन्छ । मिलेमतोमा पनि पाठ्यपुस्तक राख्ने चलन हुन्छ । त्यस कारण अन्तर्राष्ट्रियस्तरको पाठ्यपुस्तक राखेको छ कि छैन ? त्यस्ता पुस्तकले विद्यार्थीको ज्ञानलाई अभिवृद्धि गर्दछ । ती कुरामा पनि ख्याल गर्नुपर्छ ।

व्यवस्थापनमा होटल व्यवस्थापन र कम्प्युटर विज्ञानमा प्रयोगात्मक हुन्छ । ती बाहेकमा सबै शिक्षकको पठनपाठनमा भर पर्नुपर्ने हुन्छ । शिक्षक अनुभवी छन् छैनन् ? योग्य छन् छैनन् ? ती शिक्षकले राम्रो नतिजा दिएका छन् वा छैनन् ? भन्ने कुरा पनि महत्त्व राख्दछ । सबै विद्यार्थी उत्तीर्ण होलान् तर उनीहरू कुन स्तरमा उत्तीर्ण भएका होलान् भन्ने कुराले उत्तिकै महŒव राख्दछ । जबसम्म पूर्णकालीन शिक्षक राखिँदैन आंशिक शिक्षकबाट उत्तरदायी वा जिम्मेवारी त्यति वहन हुनसक्दैन । आज एक ठाउँमा अध्यापन गर्छन्, भोलि पारिश्रमिक बढी दिने ठाउँमा जान्छन् । पूर्णकालीन शिक्षक भएको शिक्षण संस्थामा नोकरीप्रति प्रतिबद्धता पनि हुन्छ । संस्थाप्रतिको उत्तरदायित्व हुन्छ । पूर्णकालीन शिक्षक भएको शिक्षण संस्थामा गुणस्तर निश्चित गर्न सकिन्छ ।

भविष्य हेरौँ

एसईईमा जीपीए ४.० वा ३.९ ल्याउने विद्यार्थी पनि व्यवस्थापनमा भर्ना भएको देखिएको छ । त्यस्ता विद्यार्थी छन् । पहिलेको जस्तो ट्रेन्ड छैन । बढी अङ्क ल्याउने विज्ञान पढ्नुपर्छ भन्ने होइन । व्यवस्थापन विषय विज्ञानको विकल्प होइन । यो आफैँमा एउटा विकल्प हो । त्यसकारण कुनै पनि विद्यार्थी राम्रा राम्रा शिक्षण संस्थामा विज्ञानलाई छोडेर व्यवस्थापनमा मेरो भविष्य छ भनेर ओइरिने क्रम पनि छ । व्यवस्थापन पनि एउटा विज्ञान हो । त्यसको आफ्नै विशेषता छ । त्यसको आफ्नै सिद्धान्त छ ।  राम्रो गर्ने विद्यार्थीले पनि मानविकी वा अन्य विषय लिएर पनि राम्रो गरिरहेका छन् । विज्ञान विषय लिएकाहरूको मात्र करिअर राम्रो हुने भन्ने हुँदै होइन । मानविकी लिँदैमा भविष्य सकिने भन्ने होइन । विद्यार्थी आफ्नो रुचिको क्षेत्रका आधारमा विषय छनोट गर्नुपर्छ । 

व्यवस्थापन विषयको शुल्क दर निम्न वर्गीय विद्यार्थीले पनि तिर्नसक्ने छ । विज्ञानको दाँजोमा व्यवस्थापनको शुल्क कम छ । निम्न वा मध्यम वर्गीय विद्यार्थीले सहजै पढ्न सक्छन् । अहिले त सामुदायिक विद्यालयले पनि सस्तोमा अध्यापन गर्न थालेका छन् । निजीमा अध्ययन गर्न नसक्ने विद्यार्थीका लागि सामुदायिक विद्यालय पनि छन् । सामुदायिक विद्यालयमा पनि शिक्षक राम्रा छन् । व्यवस्थापन विषय लिनेहरूको मुख्य गरी बैङ्किङ करिअर हो । यस क्षेत्रमा राम्रो आय आर्जन गर्न सक्छन् । त्यस्तै सीए गरेमा मासिक एक लाख रुपियाँभन्दा बढी तलब पाउँछ । कलेजमा अध्यापन गर्छु भन्दा पनि मासिक ५० हजार रुपियाँभन्दा बढी उनले आर्जन गर्न सक्छन् । भोलि कुनै उद्योगमा गएर पनि काम गर्नसक्छन् । जति पनि बजारमा जनशक्ति उत्पादन भइरहेका छन् रोजगारीको अवसर पर्याप्त छ । गर्नसक्ने चाहना राख्ने विद्यार्थीका लागि अवसरका धेरै ढोका खुला छन् । सबै विषयको आआफ्नो विशेषता छ । आफ्नो रुचिमा भर परेर अगाडि बढ्नुपर्छ । अभिभावकको दबाबभन्दा रुचि महत्त्वपूर्ण हो ।

(पब्लिक युथ क्याम्पसका प्रमुख थापाले प्रकृति अधिकारीसँग गर्नुभएको कुराकानीमा आधारित ।)