• ४ साउन २०८१, शुक्रबार

कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व सङ्कलन

blog

सुदूरपश्चिम,  साउन १५  गते ।  कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ अर्ब ५८ करोड २६लाख ५०हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा रु. ११अर्ब ८२ करोड ३९लाख १७ हजार लक्ष्य राखिएको थियो ।  सङ्कलित यो राजश्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । 


कार्यालयका अनुसार भन्सार महशुल तर्फ रु. तीन अर्ब ५६करोड ५५ लाख ७८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. तीन अर्ब ८६ करोड ४०लाख आठ हजार, अन्तः शुःल्कतर्फ रु. २३ करोड ९९लाख ३६ हजार र अन्य शीर्षकतर्फ रु. एक अर्ब ९१लाख ३१ लाख २८ हजार राजस्व असुली भएको छ ।

सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि कर तर्फ रु. तीन अर्ब १०करोड १५लाख ७७ हजार,भन्सार महशुल तर्फ रु पाँच अर्ब २२करोड ४०लाख६३हजार, अन्तःशुल्क तर्फ रु २८करोड ७६लाख ६३१ र अन्य शीर्षक तर्फ रु तीन अर्ब २१करोड छ लाख ४६हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो । 

लिइएको लक्ष्यमा गएको माघ महिनामा सबै भन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गएको साउन महिनामा ८९ दशमलब आठ प्रतिशत असुली भएको जनाइएको छ ।

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन,खयर कच्छ ,पिना भटमासको तेल,आदी छन्  ।  आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ,मोटर पाट्र्सका साथै चामल, मकै, तोरी ,तरकारी लगाएतका खाद्यसामग्री छन् । यो नाकाबाट निर्यात व्यापार भन्दा आयात व्यापार ठूलो मात्रामा रहेको छ ।

भारबाट आउने सिमेन्टको आयात परिमाण भने पछिल्ला वर्षमा ह्वात्तै घटेको छ । यस क्षेत्रमा नेपाली सिमेन्टले बजार लिएपछि भारतीय सिमेन्टको आयात परिमाण घटेका स्थानीय व्यापारीले बताएका छन् ।   सिमेन्टको आयात घटेपनि अन्य वस्तुको आयात घट्न सकेको छैन ।