• २० वैशाख २०८१, बिहिबार

पाल्पा बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै खनाखत

blog

पाल्पाको लघुवामा भएको बस दुर्घटनापछि । तस्बिर: रेखीराम राना

पाल्पा, साउन ९ गते । पाल्पाको रिब्दीकोट–२, लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । आइतबार बेलुकी साढे ४ बजेतिर भएको बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । 

मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८, का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–७, बस्ने ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह नपा–७, बस्ने वर्ष ८७ की डिलसरी कामी रहेको प्रहरीले जनाएको छ । यस्तै गरी कपिलबस्तु बाणगंगा नगरपालिका–२, बस्ने ४५ वर्षका सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नपा–५, की २४ वर्षीया पूर्णीमा कामी र बाग्लुङ बडिघार्ड गाउँपालिका–१० बस्ने ५५ वर्षकी यमकला थापा रहेको छ । 

दुर्घटनाका घाइते १६ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर घाइते रुपन्देही देबदह–७, का ६१ वर्षीय खड्गबहादुर विक र म्याग्दी रुमा गाउँपालिका–२, की २८ वर्षीया सुमित्रा रोका रहनु भएको  तानसेनस्थित मिसन अस्पतालले जनाएको छ । उपचाररत ८ जनाको डिस्चार्ज भइसकेको छ । बाग्लुङ्को बुर्तिबाङ्देखि बुटवलका लागि हिँडेको लु१ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट १५० मीटर तल खसेको थियो । 

Author

रेखीराम राना