• १३ असोज २०८१, आइतबार

बढ्यो सुनको मूल्य

blog

काठमाडौं, साउन ६ गते । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रुपियाँ तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपियाँ छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार पाँच सय रुपियाँ थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार १६५ रुपियाँ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।