शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विजयकुमार साह
ढल्केबर, फागुन २२ गते । धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतोले सुरुवाती अग्रता लिनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१४ को मतपेटिकाबाट हालसम्म १ हजार २३८ मत गणना हुँदा महतोले ८४० मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले २१३ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले ४६ मत पाउनुभएको छ ।
धनुषा–४ मा प्रतिनिधि सभा सदस्यका लागि ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।