• १७ फागुन २०८२, आइतबार

धनकुटामा मतदान सामग्री वितरण सुरु

blog

निर्वाचनमा खटिइने मतदान अधिकृत निर्वाचन सामग्री बुझ्दै । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 
हिले फागुन १७ गते ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले निर्वाचनमा खटिने कर्मचारीहरूलाई मतदान सामग्री वितरण गर्न सुरु गरेको छ । जिल्लाका एक सय ६६ वटा मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका मतदान अधिकृत तथा कर्मचारीहरूले आवश्यक सामग्री बुझ्न थालेका हुन् ।

कार्यालयले शनिबार र आइतबार गरी दुई दिनको समय तोकी मतदान अधिकृतहरूलाई जिम्मेवारीसहित सामग्री बुझाउने व्यवस्था गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार मतदान कर्मचारीहरूले मतपत्र, स्वस्तिक छाप, मतपेटिका, छेकाबारा लगायत ५२ प्रकारका निर्वाचन सामग्री बुझ्ने छन् ।

उहाँका अनुसार सबै कर्मचारीले १८ गतेसम्म आ–आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचन प्रक्रिया सुरु गरिसक्नुपर्नेछ । जिल्लामा निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण बनाउन सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जनाएको छ ।