निशा राई
धरान, फागुन १५ गते । श्रमसंस्कृति पार्टिको अध्यक्ष हर्कराज राई (साम्पाङ)ले धरान उपमहानगरमा श्रमदानबाट मात्र २ अर्ब बढीको सम्पति जोडेको बताउनुभएकाे छ ।
शुक्रबार धरान–२ भानुचोकमा भएको श्रमसंस्कृति पार्टिको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । श्रमसंस्कृति पार्टिको अगुवा आफू भएपनि यसको जन्मदाता जनताहरु भएको उहाँले बताउनुभएकाे हाे ।
श्रमसंस्कृति पार्टिले ३ करोड नेपालिको जीवनस्तर उकास्नका लागि, आर्थिक विकास गर्नको लागि, देशको स्वाधिनता र सम्प्रभुता बचाउनको लागि अगाडी कदम चालेको छ । "हामी कसैलाई पराई ठान्दैनौ तर साँचो बोल्छौ । हामीले साँचो बोल्दा गलत भाष्य निकालिरहेको छ किनभने हाम्रो समाज सत्यबाट भाग्दै गएको समाज हो, साँचो बोल्दा कोहि रिसाउला, के होला भनेर हामी साँचो कुरा सुन्ने, बोल्ने साहस गर्दैनौ र त्यसैले हामी लडिरहन्छौ । तर हाम्रो पार्टिको प्रमुख एजेण्डा नै साँचो बोल्ने, साँचो सुन्ने र साँचो सुनाउने हो । त्यसैले पार्टि खोलेको केही सयमा नै धेरै ठुलो पार्टी र जनताको आशा र विश्वासको पार्टि भएको हो," उहाँले भन्नुभयाे ।
"जेनजी आन्दोलन पनि हामीले चाहेको आन्दोलन होइन । कति जनताहरुले आफनो छोराछोरी गुमाउनुभयो, कतिले आफ्नो साहारा गुमाउनुभयो, कति जेन्जीहरुले आफ्नो शरिरको अंगहरु गुमाउनुभयो यस्तो अवस्थामा देशलाई साँचो सेवक चाहिएको छ, देशको यस्तो अवस्थालाई टुलुटुलु हेरेर बस्न सकिन र श्रमदान मार्फत धरानको धेरै विकास गर्दागर्दै पनि धरान मात्र नभएर समग्र देशको विकास गर्न भनेर म नगर प्रमुखको पद छाडेर देशको सेवा गर्न भनि चुनावमा होमिएको हुँ’ उहाँले थप्नुभयाे ।
श्रमदान मार्फत धरानमा खानेपानि, उधोग, पार्क लगायत धेरै कामहरु भए तर सुनसरी १ मा २६ जना उम्मेद्वार रहेकोमा कसैले पनि सहयोग नगरेको बताउनुहुँदै आगामाी चुनावमा जनताहरुले उनीहरुलाई चिन्नुपर्ने बताउनुभयो ।
बृहत आमसभालाई झापा–५ को उम्मेदवार समिर तामाङ, श्रमसंस्कृति पार्टि धरानको अध्यक्ष दिनेस राई लगायत श्रमदाताहरुको बाक्लो रुपमा उपस्थिति रहेको थियो ।