• १५ फागुन २०८२, शुक्रबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, फागुन १५ गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ १६ पैसा र बिक्रीदर १४५ रुपियाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ३२ पैसा र बिक्रीदर १७२ रुपियाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ५५ पैसा र बिक्रीदर १९७ रुपियाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ३२ पैसा र बिक्रीदर १८८ रुपियाँ ०९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ३० पैसा र बिक्रीदर १०३ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ १० पैसा र बिक्रीदर १०६ रुपियाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ८७ पैसा र बिक्रीदर ११५ रुपियाँ ३५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ २२ पैसा र बिक्रीदर २१ रुपियाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७१  पैसा र बिक्रीदर ३८ रुपियाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ८३ पैसा र बिक्रीदर ३९ रुपियाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५२ पैसा र बिक्रीदर ३९ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १७ पैसा र बिक्रीदर १० रुपियाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०४ पैसा र बिक्रीदर १६ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९३ पैसा र बिक्रीदर २३ रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५५ पैसा र बिक्रीदर १८ रुपियाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ १६ पैसा र बिक्रीदर ४७७ रुपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ र बिक्रीदर ३८६ रुपियाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७८ रुपियाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस