• १४ फागुन २०८२, बिहिबार

रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा

blog

गोल गरेपछि रियलका भिनिसियस जुनियर । तस्बिर : एपी/रासस

काठमाडौँ, फागुन १४ गते । स्पेनिस पावर हाउस रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलम रियलले बेन्फिकालाई २–१ गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो । रियल समग्रमा ३–१ गोलले विजयी भयो ।

रियलको जितमा ओरेलियन चुआमेनीले १६औँ र भिनिसियस जुनियरले ८०औँ मिनेटमा गोल गर्नुभयो । यसअघि बेन्फिकाका राफा सिल्भाले १४औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । 

यस्तै रियलसँगै साविक विजेता पेरिस सेन्ट जर्मेन(पिएसजी), गालाटासारे र एटलान्टाले पनि अन्तिम १६ मा स्थान बनाएका छ । बुधबारको खेलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ को समीकरण पूरा भएको छ । एजेन्सी