• १४ फागुन २०८२, बिहिबार

भूकम्पपछि २५ हजार अफगानी बालबालिका अस्थायी शिविरमा : रिपोर्ट

blog

काबुल, फागुन १४ गते । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा भूकम्पले विनाश गरेको छ महिनापछि सम्म पनि करिब २५ हजार बालबालिका अस्थायी शिविरमा राखिएको अन्तर्राष्ट्रिय सहायता संस्था सेभ द चिल्ड्रेनले बिहीबार जनाएको छ ।

प्रभावित परिवार तिरपालको शिविर भित्र जाखिमपुर्ण बसोबास गर्दै आएकाले २५ हजार भन्दा बढी बालबालिका बाल्य अवस्था शिविरमै विताउन बाध्य भएको जनाइएको छ । पाहाडी क्षेत्रमा घरको पुनः निर्माण मात्र सुरु गरिएको उल्लेख गर्दै केहि गाउँमा विनाशको स्तर कहिल्यै पुनः निर्माण हुनै नसक्ने अवस्थामा रहेको प्रतिवेदनमा भनिएको  छ ।

भूकम्पले शैक्षिक पूर्वाधारमा समेत गम्भीर असर पारेको मूल्यांकन गरिएको छ भने आधा भन्दा बढी शैक्षिक पुर्वाधार पूर्ण वा आंशिक रूपमा नष्ट भएको जनाइएको छ । सहायता एजेन्सीको रिपोर्ट अनुसार भूकम्प अघि नै प्रकोपबाट सबै भन्दा बढी प्रभावित प्रान्त कुनारमा लग-भग ५० हजार प्राथमिक विद्यालय उमेरका बालबालिका विद्यालय शिक्षाबाट बाहिर वञ्चित भएका छन् । 

गत वर्ष अगस्ट-३१ मा पूर्वी अफगानिस्तानमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो, जसले मुख्य विनास कुनार प्रान्तमा गरेको थियो भने यसलाई देशको हालैको इतिहासमा सबै भन्दा घातक प्राकृतिक प्रकोप मानिएको छ । रासस/सिन्ह्वा