माधवप्रसाद बराल
माछापुच्छ्रे(कास्की), फागनु १ गते । पोखरामा जारी आहारारा पोखरा गोल्ड कपमा प्लानिङ ब्बाइज युनाइटेड क्वार्टरफाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरी प्लानिङ ब्बाइज क्वार्टरफाइनलमा पुगेको हो ।
२४औँ मिनेटमा ब्वाइजका एलेक्स विलियनले पहिलो गोल गर्नुभयो । फ्रेन्डसका खेमराज श्रेष्ठले डिबक्स भित्र ह्यान्डगरेपछि पाएको पेनाल्टीलाई एलेक्सले गर्नुभयो । ४५औँ मिनेटमा पापा इबोकले गोल गरी अग्रता दोब्बार पार्नु भने दोस्रो हाफमा थप दुई गोल गरर पापाले ह्याट्रिक पूरा गर्नुभयो ।
उहाँले खेलको ५४ र ८१औँ मिनेटमा गोल गरी खेललाई ४–० मा पु¥याउनु भयो । पापा नै प्लेयर अफ दी म्याच बन्नुभयो । खेलमा फ्रेन्ड्सले पाएका केही अवसरमा सदुपयोग गर्न सकेन ।
१०औँ मिनेटमा राजेश परियारको प्रहारलाई बिपक्षी किपर योगेश धिमालले पञ्च गरी बाहिर फाल्नुभयो । फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले फुटबल प्रतियोगिताका तालिका जुधेर लगातार खेल्नु पर्दा खेलाडी थाकेकाले राम्रो खेल्न नसकेको बताउनुभयो ।
शनिबार पहिलो क्वार्टरफाइन खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबचि दिउँसो तीन बजे पोखरा रङ्गशालामा हुनेछ । यसअघि बिहीबार भएको खेलमा मनाङ मस्याङ्दी क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्बललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल स्थान बनाएको थियो ।
मनाङको जितमा रोनिश धेके राजभाक र सुरेश कुमालले १–१ गोल गर्नुभयो भने, एपिएफका लागि युवराज राइले गोल गर्नुभएको थियो । प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् ।