• १ फागुन २०८२, शुक्रबार

झापामा हात्ती मरेको अवस्थामा भेटियो

blog

मरेको अवस्थामा भेटिएको हात्ती ।

लीलाराज खड्का

बिर्तामोड, फागुन १ गते। झापाको दक्षिणी क्षेत्र जलथलको चारकोसे झाँडीभित्र फेरि एउटा वयस्क जङ्गली हात्ती मरेको अवस्थामा फेला परेको छ।

बिहीबार दिउँसो करिब साढे ३ बजे कचनकवल गाउँपालिका–७ स्थित ज्योति सामुदायिक वन समूहभित्र भाले प्रजातिको जङ्गली हात्ती मरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो। 

डिभिजन वन कार्यालय र प्रहरीको टोलीले मृत हात्तीको आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ।

मृत फेला परेको हात्तीको दाह्रा सकुशल रहेकाले विषाक्त खानाका कारण मरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। 

पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने डिभिजन वन कार्यालय झापाले जनाएको छ।