• २९ माघ २०८२, बिहिबार

जेलेनस्कीद्वारा युद्ध समाप्त गर्न रूसमा थप अमेरिकी दबाबको आह्वान

blog

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ।

खार्तुम, माघ २९ गते । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गर्नु भएको छ । यद्देपी आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन । 

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्तापछि सफलता हासिल गर्न नसकेको जिकिर गर्नु भएको छ । यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रूस माथि दबाब दिनु पर्ने बताउन भएको छ ।

यस अघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुन सम्ममा रूस र पुक्रेनको बिचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताउनु भएको थियो । रूसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वय गर्ने बाँकी रहेको उल्लेख गर्नु भएको छ । रासस/एएफपी