काठमाडौँ , माघ २९ गते । षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन मिति वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रलाई समेटेर कथासारबारे जानकारी दिइएको छ । बर्दियाको राजापुरमा छायाङ्कन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारीलगायतको अभिनय रहेको छ ।
चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले पदार्पण गर्दै हुनुहुन्छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो । अभिनेतृ खड्काको नियमितभन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । प्रदीप भट्टराई कार्यकारी निर्माता र म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुनुहुन्छ ।
क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायाङ्कन निर्देशक सुसन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रूपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समीर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबाको रहेको छ ।