• २८ माघ २०८२, बुधबार

आहारारा पोखरा गोल्डकप : जावलाखेल विजयी

blog

बल खोस्ने प्रयास गर्दै जाउलाखेल र मछिन्द्रका खेलाडी । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ २८ गते । जावलाखेल युथ क्बलले आहारारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको खेलमा जावलाखेलले मच्छिन्द्र क्बललाई २–० गोलले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुमै जावलाखेलले अग्रता लिएको थियो । 

५४औँ मिनेटमा जावलाखेलका निकोलसले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको हो । प्लेयर अफ दि म्याच घोषित निकालेसले विपक्षी डिफन्डरले क्लियर गर्न नसकेको बललाई पोस्टको दिशा दिनुभएको थियो ।

६६औँ मिनेटमा बोबाकारले जावलाखेलको लागि अर्को गोल गरेर अग्रतालाई दोब्बर पार्नुभयो । निकोलसले मिलाइदिएको पासलाई  उहाँले गोलमा परिण गर्नुभएको हो । मछिन्द्र क्लबले खेलमा राम्रा मुभ बनाउन सकेन भने जाउलाखेलले केही अवसरलाई सदुपयोग गर्न सकेन ।

यसअघि आहारारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबले विजयी सुरुवात गरेको छ । सहाराले पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–० गोलले पराजित गरेको हो । 

सहाराको जितमा प्रसन्न श्रेष्ठले निर्णायक गोल गर्नुभयो । उहाँले निर्धारित ९० मिनेट खेल सकिएपछि  थपिएको अतिरिक्त समयमा गोल गर्दै सहारालाई क्वार्टरफाइलनमा पुर्‍याउनुभयो । उद्घाटन खेल पोखरामा पहिलो पटक फर्डलाइटमा खेलाइयो थियो ।

क्वार्टरफाइनलमा सहाराले नेपाल पुलिस क्लबको सामना गर्नेछ । बिहीबार एपपिएफ क्लब र मनाङ मस्र्याङ्दी क्लबबिच दिउँसो ४ बजे खेल हुनेछ । फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् ।