• २८ माघ २०८२, बुधबार

झापा गोल्डकप : एपिएफ सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै एपिएफ र रोयल थिम्पुका खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का 

बिर्तामोड, माघ २८ गते । झापाको बिर्तामोडमा जारी सातौ झापा गोल्डकपमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब पाहुना टोली रोयल थिम्पु कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको खेलमा सशस्त्र प्रहरीका हरि खड्काको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो । 

प्लेयर अफ दि म्याच विजेता एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित हुनुभयो । उहाँले २५ हजार रुपियाँ पाउनुभयो । बिहीबार मच्छिन्द्र र एन पेनाङ मलेसियाबिच प्रतिस्पर्धा हुनेछ ।