गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २५ गते । लघुकथा समाज, नेपालले दुई साहित्यकारलाई सम्मानित गरिएको छ । शनिबार आयोजित कार्यक्रममा समाजले कथाकार डा. दीनबन्धु शर्मालाई ‘सावित्री–केशर कथा सम्मान २०८२’ बाट सम्मानित गरेको छ । त्यस्तै लघुकथाकार त्रिलोचन ढकाललाई ‘बाटुली–खिलध्वज लघुकथा सम्मान २०८२’ बाट सम्मानित गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार अशेष मल्लले दुवै सर्जकलाई सम्मानपत्र प्रदान गर्नुभयो भने । सम्मानित सर्जकलाई नगद राशि पनि प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मल्लले आजको समयमा लघुकथाको महत्व रहेको बताउँदै यसको स्तरीयतामा ध्यान दिन लेखकसँग आग्रह गर्नुभयो । प्राडा लक्ष्मणप्रसाद गौतमले दुवै सम्मानित साहित्यकारहरूको साहित्यिक क्रियाशीलताको चर्चा गर्दै तिनको लेखन प्रवृत्तिको चर्चा गर्नुभयो ।
उक्त अवसरमा सम्मानित सर्जकहरू डा. शर्मा, ढकालका अतिरिक्त समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्राज्ञ अगिव बनेपाली, स्रष्टा समाजका संरक्षक पवन आलोक, उपन्यास समाजका अध्यक्ष शङ्कर भारती, समाजका अध्यक्ष तुलसीहरि कोइराला र सचिव श्रीबाबु कार्कीले पनि आफ्नो धारणा राख्नुभएको थियो ।