काठमाडौँ, माघ २४ गते । पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हरायो ।
जितका लागि एक सय एक सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानको लागि ओपनर साहिबजाद फरहानले सर्वाधिक ४७ रन बनाउनुभयो ।
फहिम असराफले २९ सइम अयुवले २४, बाबर आजमले १५ र कप्तान सलमान आघाले १२ रन बनाउनुभयो । बलिङ मा नेदरल्यान्ड्सका आर्यन दत्त र पलभान मिक्केरेनले दुई दुई तथा लोगन भान विक, कायले केलिन र रोयलफ भानले एक एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिगरेको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । नेदरल्यान्ड्सको लागि कप्तान स्कट एडवाड्स सर्वाधिक ३७ रन बनाउनुभयो।
यस्तै बास डि लिडेले ३०, माइकल लेभिटले २४, कोलिन इकरम्यानले २० र आर्यन दत्तले १३ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका सल्मान मिर्जाले तीन तथा मोहम्मद नावज, अब्रार अहमेद र साइम आयुवले दुई दुई विकेट लिनुभयो ।
नेदरल्यान्ड्सले विश्वकपमा हारबाट सुरुवात गरेको छ । पाकिस्तान र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन् । यस समूहमा भारत, अमेरिका र नामिबिया रहेको छ ।
पाकिस्तानले भारतसँगको खेल नखेल्ने घोषणा गरेको छ । भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा २० टोलीको सहभागिता रहेको छ ।