• १९ माघ २०८२, सोमबार

राष्ट्रिय लिग : सातदोबाटो र चित्लाङको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै सातदोबाटो र चित्लाङका खेलाडी ।

काठमाडौँ, माघ १९ गते । सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । 

एन्फा मुख्यालय मैदान सातदोबाटोमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

बराबरी सँगै दुवै टोलीले पाँच खेलबाट समान पाँच पाँच अङ्क बनाएको छ । सोमबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लबले सङ्कटा क्लबलाई २–१ गोलले पराजित गरेको छ । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।